July 31, 2021, Saturday
२०७८ श्रावण १६

मास्क नलगाई हिड्ने मानिसबाट सल्यानमा एक लाख ४७ हजार रकम जम्मा

225

काेराेना भाइरस महामारी बाट वचन सरकारले नागरिकहरुलाई अनिवार्य मास्क लगाउन आग्रह गरेपनि उक्त आग्रहलाई अटेर गर्दा प्रहरीले जरिवाना गर्दै आएको छ ।सल्यानमा मास्क नलगाई जथाभावी हिड्ने मानिसबाट प्रहरीले अहिलेसम्म जरिवाना स्वरुप एक लाख ४७ हजार ९ सय रुपैयाँ जम्मा गरेको जानकारी दिएको छ ।

मास्क नलगाएर स्थानीयहरु जथाभावी हिड्न थालेकोले प्रहरीले एक सय रुपैयाँ जरिवाना काटेर उक्त रकम असुलेको हो । हाल सम्म प्रहरीले १ हजार ४सय ७९ जनालाई कारबाही गरेको छ । काेराेना भाइरस संक्रमणकाे जाेखिमलाई न्युनिकरण गर्न सरकारले मास्क अनिवार्य गरेकाे हुदा सल्यानले कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिए । याे क्रम नियमित जारि रहने प्रहरी निरीक्षक ओलीले जानकारी दिए ।साथै सल्यान जिल्लामा मास्क नलगाई हिडेका मजदुर तथा अति गरिब बिपन्नलाई निशुल्क मास्क दिदै उनिहरुलाई काेराेना सम्बन्धि जानकारी समेत दिइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।