October 29, 2020, Thursday
२०७७ कार्तिक १३

भक्तपुरमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

207

काठमाण्डौँ – भक्तपुर नगरपालिका च्यामासिंबाट जगातितर्फ आउँदै गरेको जिप र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

शनिबार राति बा १९च ३३८४ नम्बरको जीप र बा६६प २८१० नम्बरको मोटरसाइकल ठोक्किँदा घाइते भएका कमलविनायकका २९ वर्षका सुमन कुटवाल श्रेष्ठको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत्त जगातिका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए।

फरार जीप चालक रामेछाप खनियापानी गाउँपालिका–७ घर भई काठमाडौँ शङ्खमूल बस्ने २१ वर्षीय नारायणबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरी घटनाको अनुसन्धान  सुरू गरेको उनले जानकारी दिए।

Recent Update