April 12, 2021, Monday
२०७७ चैत्र ३०

कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ७५ पुग्यो

110

काठमाडौं- नेपालमा आइतबार थप २ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ७५ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार थप २ जनाको कोरोनाले मृत्यु भएको पुष्टि गरेका हुन् ।