October 20, 2020, Tuesday
२०७७ कार्तिक ४

प्रहरी सहायक निरिक्षक केसी द्वारा बिद्यालयलाई स्वास्थ सामाग्री हस्तान्तरण

1.2K

रुकुम पश्चिमकाे मुसिकोट नगरपालिका ३ माछिमिका प्रहरी सहायक निरिक्षक भरत के.सी. र श्रीमती मिना मल्ल (के.सी.) ले श्री जनहित आधारभूत विद्यालय मुसिकोट न.पा. ३ माछीमीलाई स्वास्थ सामाग्री हस्तान्तरण गरेका छन । उनीहरूले ५ लिटर स्यानिटाइजर र १०० थान KN95 माक्स हस्तान्तरण गरिएका हुन । काेराेना भाइरस महामारी बाट वचन उक्त सामाग्रीहरु केसीले व्यक्तिगत खर्चमा उपलब्ध गराएका हुन ।

बिद्यालयलाई उपलब्ध गराएको उक्त सामाग्री समाज सेवी जीवन के.सी. बाट हस्तान्तरण गरिएको प्रधानाध्यापक विश्व के.सी.लाई हस्तारण गरिएको हाे ।साथै प्रहरी सहायक निरिक्षक केसीले बिद्यालयलाई भलिबल, नेट, पम्प र ब्याटमिन्टनका सामाग्रीहरु पनि उपलब्ध गराइएका छन । साथै यस अघि पनि भरत के.सी.को पहल मा जि.प्र.का. रुकुम पश्चिम मुसिकोट नगरपालिका वडा नं. ३ वडा कार्यालयलाई पि.पि.ई.सेट लगाएतका विभिन्न स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराईएको छ ।

Recent Update