September 19, 2021, Sunday
२०७८ आश्विन ३

उपत्यकाका ४० प्रतिशत संक्रमित कतै यात्रा नै नगरेका

164

काठमाडौं –काठमाडौं उपत्यकामा कोरोना महामारीको जोखिम प्रतिदिन बढ्दै गएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल सङ्क्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएकाले स्वास्थ्य तथा सुरक्षा मापदण्डको पालना गर्न आग्रह गरिएको बताउँछन् । सर्वसाधारणको लापरबाहीका कारण सङ्क्रमण टोल, गल्ली र बस्तीमा फैलिइसकेको आशङ्का बढेकाले उच्च सतर्कता जरुरी भएको हो ।

पीसीआर परीक्षण गर्दा ‘पोजेटिभ रिपोर्ट’ आएकाको यात्रा विवरण हेर्दा बाहिरबाट आउनेको संख्या ६० प्रतिशत र कहींकतै नगएको विवरण उल्लेख गर्नेहरूको संख्या ४० प्रतिशत छ ।