January 27, 2021, Wednesday
२०७७ माघ १५

बालिका बलत्कार गर्ने हाेटल संचालक पक्राउ

186

होटलमा काम लगाई दिन्छु भनी ललाई फकाई जर्बरजस्ती करणी गरेको आरोपमा सल्यान प्रहरीले एक होटल सञ्चालकलाई पक्राउ गरेको छ ।१५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा शारदा नगरपालिका १ श्रीनगरका ४५ वर्षीय हिमराज बुढाथोकीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक लक्ष्मण अाेलीले जनाएका छन ।
साउन २३ गते करिब राति साडे ८ बजेको समयमा बालिकालाई दारिमचौरको जंगलको बाटोमा बलात्कार गरेको पिडित बालिकाले बताएको भनाइ छ ।बालिकाको परिवारले शनिबार किटानी जाहेरी दिएपछि आराेपितलाई प्रहरीले पक्राउ गरेको छ ।