January 16, 2021, Saturday
२०७७ माघ ३

दक्षिण काेरीयामा बर्षातका कारण ज्यान गुमाउनेकाे संख्या ३० पुग्यो ,शक्तिशाली आधी आउने चेतावनी

121

दक्षिण कोरियामा केही हप्ता देखि जारी भीषण अबिरल बर्षाका कारण देशका बिभिन्न भागमा गएको पहिरो र बाढीबाट ज्यान गुमाउनेको संख्या ३० पुगेको छ। भीषण बर्षाका कारण कम्तीमा १२ भन्दा बढी मानिसहरु अझै हराइ रहेका छन् भने आइतबारसम्म ६ हजार भन्दा बढी मानिसहरु बिस्थापित भैसकेको राष्ट्रिय दैवीप्रकोप नियन्त्रण केन्द्रले जनाएको छ।

राष्ट्रिय मौसम बिभागले सोमबार देशको दक्षिणी भाग(ख्यङ्साङ र जेजु प्रान्त)मा भारी बर्षापछि शक्तिशाली आधी टाइफुन(Typhoon Jangmi) आउने चेतावनी दिएको छ।अविरल बर्षाको कारण देशब्यापीरुमा जनजीवन निकै प्रभावित भैरहेको छ।बर्षाकै कारण आइतबार बिहानसम्म देशका विभिन्न भागमा गरि ७ वटा रेलवे सेवाहरु बन्द भएका छन् भने ख्वाङ्जु एअरपोर्टको १० हवाई उडान स्थगित भएको छ।स्थानीय प्रशासनले पटकपटक मोबाइलमा सावधानीका सूचनामुलक सन्देशहरु पठाइरहेका छन् । अबिरल बर्षा अझै एक हप्ता जारी रहने मौसम बिभागले बताएको छ।