February 25, 2021, Thursday
२०७७ फाल्गुन १३

घर भत्किएर एकै परिवारका ४ को मृत्यु

97

डोटी – गएराति घर भत्किएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । डोटीको आदर्श गाउँपालिका वडा नम्बर १ बाँझककानी, खलगडामस्थित लोगे लुहारको घर भत्किँदा चार जनाको मृत्यु भएको हो । पाँच जना घाइते भएका छन् ।

मृत्यु हुनेमा लोहारकी श्रीमती, दुई छोरी र एक छोरा रहेको प्रहरीले जनाएको छ । लोहारसहित उनकी आमा र सासु, साला र दुई वर्षकी छोरी भने घाइते भएका छन् । उनीहरुको दिपायलमा उपचार भइरहेको जनाइएको छ ।