June 23, 2021, Wednesday
२०७८ असार ९

एकैदिन विश्वभर २ लाख ९ हजार जनामा कोरोना पुष्टि

104

काठमाण्डौँ –  कोरोना भाइरसको संक्रमण फैलिएको सात महिनाभन्दा बढी हुँदा कोरोना संक्रमितको संख्या २ करोड २ लाख नाघेको छ ।

कोरोनाको महामारीले मंगलबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा २ लाख ९ हजार ८३३ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर संक्रमित हुनेको संख्या २ करोड २ लाख ४४ हजार ६०१ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ४ हजार ३४२ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ ।