October 27, 2020, Tuesday
२०७७ कार्तिक १२

पर्सामा थप ९ प्रहरीसहित ५५ जनामा कोरोना पुष्टि

174

काठमाण्डौँ – पर्सामा थप ९ प्रहरीसहित ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राति गरिएको स्वाब परीक्षणमा ९ प्रहरीसहित ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पताल प्रशासनले जनाएको छ ।

संक्रमण देखिएकामा १७ जना महिला छन् भने ३८ जना पुरूष छन् । त्यसमध्ये वडा प्रहरी कार्यालय विर्ताका ८ र जिल्ला प्रहरी कार्यालय पर्साका एक गरी ९ जना प्रहरी पनि संक्रमित भएका छन् ।

नारायणी अस्पतालका थप ५ जना कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित ५५ जनामध्ये ३ जना बारा स्थायी घर भएका छन् भने ५२ जना पर्साका हुन् । १० जना वीरगन्ज महानगरपालिका–४ विर्ताका, ५ जना वीरगञ्ज –१ छपकैयाका तथा ३ जना माइस्थानका रहेको अस्पतालले जनाएको छ ।

Recent Update