October 17, 2021, Sunday
२०७८ आश्विन ३१

२२ बर्ष देखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

171

साँकेतिक तस्बिर

प्रहरीले सुर्खेतबाट २२ वर्षदेखि फरार कर्तव्य जान मुद्दाका फरार एक प्रतिवादीलाई पक्राउ गरेको छ ।सल्यानको बन्गाड कुपिण्डे नगरपालिका वडा न १२ साविक निगालचुला गाविस वडा न २ का ६६ वर्षीय इन्द्रे कामीलाई सुर्खेतको गुर्भाकोट नगरपालिका १ बाट पक्राउ गरिएकाे प्रहरीले जानकारी दिएको छ ।

२०५५ साल ७ महिना २५ गते तिहारको भाईटिकाको दिन निगालचुला निवासी अन्दाजी २२ वर्षीय मन बहादुर कामीको हत्या गरी उनी फरार रहेका थिए ।उनलाई जिल्ला अदालत सल्यानले २० वर्ष कैद सजाय तोकेको थियो । लुकीछिपी बसेको अवस्थामा आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण अाेलीले जानकारी दिएका छन ।