October 20, 2020, Tuesday
२०७७ कार्तिक ४

काठमाडौंँ विश्वविद्यालयले १५ दिनका लागि बन्द

207

काभ्रे – धुलिखेलस्थित काठमाडौंँ विश्वविद्यालयले १५ दिनका लागि बिदा दिएको छ।

विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. सुबोध शर्माले सोमबार सूचना जारी गर्दै कोभिड–१९ को संक्रमण बढ्दै गएका कारण काठमाडौं उपत्यकालगायत काभ्रेपलाञ्चोक जिल्लाका धुलिखेल र बनेपा नगरपालिका क्षेत्रमा पनि संक्रमण बढ्ने सम्भावना दृष्टिगत गरी पूर्वसावधानीस्वरुप मंगलबारदेखि काठमाडौं विश्वविद्यालय मातहतका स्कूल (अत्यावश्यक र स्कूल अफ मेडिकल साइन्सेजबाहेक) सेवा १५ दिनसम्मका लागि स्थगन गरिएको जनाएका छन्।

विश्वविद्यालय स्थगन भए पनि अनलाइन विधिबाट हाल जारी पठनपाठन भने सञ्चालन हुने  जनाइएको छ।

Recent Update