June 23, 2021, Wednesday
२०७८ असार ९

सत्ताका लागि लड्ने अन्तिम युद्ध होइन, मति सुध्रियोस् !: स्वास्थ्यमन्त्री ढकाल

122

काठमाण्डौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेर अस्थीरता निम्त्याउने खेल नखेल्न स्वास्थ्यमन्त्री भानुभक्त ढकालले चेतावनी दिएका छन् ।

मंगलबार प्रसुती तथा स्त्रीरोग अस्पतालको ६१ औं वार्षिक उत्सवको अवसरमा बोल्दै मन्त्री ढकालले पार्टीभित्र अस्थीरता निम्त्याउन खोज्नेलाई जनताले जवाफ दिने बताएका छन् ।

उनको यो भनाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाललाई लक्षित थियो । नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीले सरकार र पार्टीबाट राजीनामा दिनुपर्ने आवाज उठेपछि सरकारका मन्त्रीबाट यस्तो जवाफ आएको हो ।

नेताहरुलाई लक्षित गर्दै उनले भने, ‘बाँचियो भने सत्ता लडाइ प्राप्त गर्ने खेल फेरि पनि खेल्न सकिन्छ । किनभने सत्ताका लागि लड्ने यो नै अन्तिम युद्ध होइन, पाँच वर्ष जनताले म्यान्डेट दिएकै छन् । पाँच वर्षपछि त्यो खेलमा लाग्दा केही बिग्रिदैन ।’