October 31, 2020, Saturday
२०७७ कार्तिक १५

रुकुम पश्चिमको सदरमुकाम मुसिकाेट साउन २८ बाट भदौ २ गते सम्म सिल गरिने

678

रुकुम पश्चिमकाे सदरमुकाम मुसिकाेट खलंगा बजार बुधबार बाट भदौ २ गते सम्मकाे लागि सिल हुने भएको छ ।बजारमा काेराेना भाइरस संक्रमित फेला परेपछि जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले सिल गर्ने निर्णय गरेको हाे ।२८ गते बिहान ४ बजेदेखि भदाै २ गते राती १२ बजेसम्म स्वास्थ्य सेवा कार्यालय सल्ले देखि खलंगा बजार हुँदै शितलपाेखरी चाेकसम्म र पिपलनेटा देखि शेरीगाउँ हुँदै वडा नं. ६ काे कार्यालयसम्मकाे चार किल्ला सिल हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।सिल गरिएको समयमा पसल ,व्यवसाय ,सार्वजनिक यातायात आदि पुर्ण रुपमा बन्द रहने छन ।पास भएका तथा विरामी बाेकेका एम्बुलेन्स आदि जस्ता अति आवश्यक सेवाहरु भने संचालन हुन दिने प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पाैडेलले जानकारी दिए ।

यस्तै अति आवश्यक सेवाहरु र अति आवश्यक सवारीसाधनहरु पनि संचालन रहने जिल्ला प्रशासनले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।उक्त अवधिमा नियमकाे उलंघन गरे कानुन बमोजिम कार्वाही गरिने प्रशासनले जनाएको छ ।साेमबार कपाल काटने एक व्यक्तिमा काेराेना भाइरस संक्रमण फेला परेपछि प्रशासनले यस्तो कदम चालेको हाे ।

Recent Update