October 25, 2020, Sunday
२०७७ कार्तिक ९

के महिला कलाकार सम्मानका लायक छैनन् ?: प्रियंका

231

अभिनेत्री प्रियंका कार्की विवाहपछि संस्कारी भएको भनेर प्रकाशन गरेको समाचारप्रति महिला कलाकारहरुले विरोध जनाएका छन् । उक्त समाचारप्रति असन्तुष्टि व्यक्त गर्दै प्रियंकाले फेसबुकमा लामो स्टाटस लेख्दै महिला कलाकारहरु निरन्तर साँघुरो मानसिकताको शिकार भएको देख्दा चिन्ता लाग्ने गरेको बताएकी छन् ।  केही महिला कलाकारलाई स्टाटस ट्याग गर्दै उनले लेखेकी छन्, ‘के तपाईँका छोरी चेली संस्कारी छन्/छैनन् ? बिहे गरिदिनुस् । शरीर ढाकिदिनुस् । चुलो-चौको गरेर शरीर ढाकिदिए बल्ल छोरीहरु संस्कारी हुन्छन् । सपना नदेखाउनुस् । करियर र एम्बिसन जस्ता कुरामा नअल्झाउनुस् । चुलो धाने र पहिरन जाने पो छोरीको घर र बिहे टिक्छ । बिहे नटिके समाजले कुसंस्कारी भन्छ ।’ साँघुरो मानसिकता भएका मानिसबाट आफूलाई डर लाग्ने गरेको र यस्ता व्यक्तिहरु समाजलाई ‘इन्फूलेन्स’ गर्न सक्ने ठाउँमा रहेको उनको तर्क छ । उनले अगाडि लेखेकी छन्, ‘कहिले आफ्नो द्वेश पूरा गर्न त कहिले इर्श्या, केही पत्रकारदेखि कलाकार स्वयम् र आम जनता समेतको निरन्तर निशानामा हामी बाँचिरहेका छौँ । कहिले बिक्ने समाचार बनेर त कहिले हिजो आएकाले हेप्ने भन्दै, हामी समाजलाई महिला कलाकारहरुतर्फ झनै नकारात्मक बनाउँदैछौँ ।’ 

के तपाईँका छोरी-चेली संस्कारी छन्?
छैनन्? बिहे गरिदिनुस…. शरीर ढाकिदिनुस…. चुलो चौको गरे र शरीर ढाकिदिए बल्ल छोरीहरु संस्कारी हुन्छन्….
सपना नदेखाउनुस… ‘करियर’ र ‘एम्बिसन’ जस्ता कुरामा नअल्झाउनुस… चुलो धाने र पहिरन जाने पो छोरीको घर र बिहे टिक्छ…. बिहे नटिके ‘समाजले कुसंस्कारी भन्छ फेरि’…..
धन्यवाद नागरिक परिवार, अब समाज साँच्चै सुध्रने छ…..संस्कारी बन्नेछ…..

विगत केही समय यता, हामी महिला कलाकारहरु निरन्तर यस्ता साँघुरो मानसिकताको शिकार बन्दै गएको देख्दा चिन्ता त लाग्छ नै, साथै एक किसिमको डर पनि लाग्छ। डर यस कारण पनि कि, हामी बिच यस्ता साँघुरो सोच भएका मान्छे मात्र छैनन्, ति मान्छेहरु पुरै समाजलाई ‘influence’ गर्न सक्ने ठाउँमा समेत छन्। कहिले आफ्नो द्वेश पुरा गर्न त कहिले इर्श्या, केही पत्रकार देखि कलाकार स्वयम् र आम जनता समेतको निरन्तर निशानामा हामी बाँचिरहेका छौँ। कहिले ‘बिक्ने समाचार’ बनेर त कहिले ‘हिजो आएकाले हेप्ने’ भन्दै, हामी समाजलाई ‘महिला कलाकारहरु’ तर्फ झनै नकारात्मक बनाउँदैछौँ।

के हामीमा अब ‘social responsibility’ सकिएकै हो त?
आम जनमानसले त्यही बुझ्छ, जे देखाइन्छ। के महिला कलाकार सम्मानका लायक छैनन्?
के हामी ‘बिक्ने समाचार’ र ‘हट गसिप’ मै सिमित छौँ??????

Recent Update