March 1, 2021, Monday
२०७७ फाल्गुन १७

नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ९४८ पुग्यो

93

काठमाण्डौँ – नेपालमा मंगलबार थप ६३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

यसअघि सोमबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ३१० थियो ।

पछिल्लो २४ घण्टामा थप १७१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।