October 21, 2020, Wednesday
२०७७ कार्तिक ५

रुकुमेली सामुदायिक अस्पताल द्वारा प्रहरीलाई स्वास्थ्य सामाग्री सहयोग

534

स्वास्थ्य सामाग्री प्रहरी निरीक्षक हरि ओलीलाई हस्तान्तरण गर्दै अस्पतालका व्यवस्थापक हरिबाेल भारती

रुकुमेली सामुदायिक अस्पताल प्रा.लि मुसिकोटले जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमलाई स्वास्थ सामाग्री हस्तान्तरण गरेको छ ।काेराेना भाइरस संक्रमण बाट बच्नकाे लागि सुरक्षाकर्मीहरुलाई सहज हाेस भन्ने उदेश्यले स्यानिटाइजर २ लिटर र सजिकल माक्स ५०० सय पिस उपलब्ध गराएकाे अस्पतालले जनाएको छ ।

मंगलबार उक्त सामाग्री रुकुमेलि सामुदायिक अस्पताल प्रालिका ब्यबस्थापक तथा संचालक हरिबोल भारतीले जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक हरि अाेली लाई हस्तारण गरिएका हुन । आगामी दिनमा पनि यस्ता सामाजिक सहयोगका कार्यहरु गर्दै जाने अस्पतालले जनाएको छ ।

Recent Update