नेपाली सेनाका एक जना जवान काेराेना जितेर कार्यक्षेत्र फर्केका छन ।नेपाली सेनाको सबुज गणका सिपाई गहा मगरलाई शारदा नगरपालिका २ सल्यानकाे आइसाेलेसनकाे सुरक्षार्थ खटेकाे समयमा काेराेना संक्रमण भएको थियोे ।
साउन २६ गते उनको रिपोर्ट नेगेटिभ आएपछि निजलाई गणको क्वारेन्टाइनमा राखिएको सेनानी राजेश कार्कीले जानकारी दिए । काेराेना संक्रमणलाई राेकथाम गर्न अपनाइएका सबै नियम तथा रणनीतिहरु पुर्ण रुपमा पालना गरिएको पनि कार्कीले जानकारी दिए ।