March 1, 2021, Monday
२०७७ फाल्गुन १७

जनकपुरका पूर्वमेयर कृष्ण गिरीको कोरोनाका कारण मृत्यु

64

जनकपुरधाम – जनकपुरका पूर्वमेयर कृष्ण गिरीको कोरोना भाइरस संक्रमणका कारण निधन भएको छ । होटेल रामाका सञ्चालकसमेत रहेका गिरीको उपचारका क्रममा निधन भएको परिवारले जनाएको छ ।

काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो । पारिवारिक स्रोतका अनुसार उनको मंगलवार राति १२ बजे मृत्यु भएको हो । अस्पतालले भने यसबारेमा अझै पुष्टि गरेको छैन ।

उनी मुटुसम्बन्धि रोग र उच्च रक्तचापबाट पीडित थिए । जनकपुरधाममा श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई हेलिकप्टरमार्फत काठमाडौं लगिएको थियो ।