October 26, 2020, Monday
२०७७ कार्तिक १०

‘सडक २’ को ट्रेलर सार्वजनिक, लाइकभन्दा डिसलाइक बढी

201

काठमाडौं – हिन्दी फिल्म ‘सडक २’ को ट्रेलर सार्वजनिक गरिएको छ । आज (बुधवार) युट्युबमार्फत सार्वजनिक गरिएको ट्रेलरमा लाइकभन्दा बढी डिसलाइक गरिएको छ ।

मुकेश भट्टले निर्माण गरेको यो फिल्ममा महेश भट्ट र सुह्रिता सेनगुप्ताको कथा लेखन छ । फिल्मलाई महेश भट्टले निर्देशन गरेका हुन् ।

‘सडक २’ भारतमा बहसको विषय बनेको नेपोटिज्मको मारमा परेको छ । होम प्रोडक्सनको फिल्ममा आलिया भट्टको शीर्ष भूमिका छ । त्यसैले पनि सामाजिक सञ्जाल प्रयोगकर्ताले आलियालाई गाली गरेका छन् ।

फिल्ममा आलियाका अलावा सञ्जय दत्त, पूजा भट्ट, आदित्य रोय कपूर लगायतका कलाकारको शीर्ष भूमिका छ ।

Recent Update