काठमाडौं – सोमबारदेखि पत्रकार बलराम बानियाँ सम्पर्कविहीन भएका छन् ।
बानियाँ दुई दिनदेखि घर नफर्किएको भन्दै परिवारले महानगरीय प्रहरी परिसर, काठमाडौं र अपराध अनुसन्धान महाशाखा, बानेश्वरमा उजुरी दिएको छ ।
स्रोतका अनुसार उनको मोबाइल सोमबार दिउँसो १ बजे बल्खु खोला छेऊबाट स्वीच अफ भएको छ ।
अनुसन्धान अधिकृतका अनुसार सोमबार दिउँसो ३ः२३ मा बानियाँ बल्खु खोलाको पुलमाथि देखिएका थिए । बाटो छेऊबाट हिलैहिलो उनी हिँडेको र त्यता नजान भनेको स्थानीयबासीले प्रहरीसँग बताएका छन् ।
खोलामा हराएको हुनसक्ने आशंकामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले उनको खोजी जारी राखेको काठमाडौं प्रहरीका एसपी सोमेन्द्रसिंह राठौरले बताए ।
पत्रकार बानियाँ कान्तिपुर दैनिकमा कार्यरत छन् ।