October 30, 2020, Friday
२०७७ कार्तिक १४

रौतहटको चन्द्ररपुर नगरपालिकामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

153

रौतहट – रौतहटको चन्द्ररपुर नगरपालिकामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार राति आएको स्वाब परीक्षणको रिपोर्टमा उनीहरु पोजेटिभ भेटिएका हुन् । हेटौडा प्रयोगशालाले दिएको रिपोर्टमा चन्द्रपुर नगरपालिका ९ कि एक युवतीसहित चारजना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

चन्द्रपुर नगरपालिकामा पुष्टि भएकामध्ये तीनजना कन्ट्याक्ट ट्रेसिङ्गका क्रममा पत्ता लागेको चन्द्रपुर अस्पतालले जनाएको छ । कूल ११७ जनाको स्वाब संकलन गरेर परीक्षणको लागि पठाइएकोमा पाँचजनाको रिपोर्ट पोजेटिभ आएको चन्द्रपुर अस्पतालका जनस्वास्थ्य निरीक्षक मात्रिका चालिसे बताए ।

संक्रमण पुष्टि भएकाहरुको कन्ट्याक्ट ट्रेसिङ्गको काम सुरु भएको र संक्रमितहरुलाई चन्द्रपुरमा रहेको आइसोलेसनमा राखिने चालिसेले बताए । विगत चार दिनमा रौतहटमा ५९ जनामा संक्रमण पुष्टि भएको छ । 

Recent Update