March 3, 2021, Wednesday
२०७७ फाल्गुन १९

प्रदेश १ की सांसद श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि

77

विराटनगर – प्रदेश १ की सांसद कुसुम कुमारी श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

धनकुटाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने श्रेष्ठलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको हो । उनी इटहरीमा बसोबास गर्दै आएकी छन् ।

श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य छ । आत्मबल मजबुद बनाएर कोरोनालाई पराजित गर्ने उनले बताइन् ।

प्रदेश १ मा कोरोना संक्रमण पुष्टि भएको उनी दोस्रो उच्चपदस्थ व्यक्ति हुन् ।