वीरगन्ज – वीरगन्जको नारायणी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीले सामुहिक रुपमा राजीनामा दिएका छन्। सुरक्षाको माग गर्दै अस्पतालका ३ सय ५० भन्दा बढी स्वास्थ्यकर्मी र कर्मचारीले सामुहिक राजीनामा दिएका हुन्।
कारोना संक्रमितको उपचारमा २४ सै घण्टा खट्दै आएका चिकित्सक, नर्स र स्वास्थ्यकर्मी र अस्पतालमाथि आक्रमण गर्ने कार्य भएपछि सुरक्षाको माग गर्दै सामुहिक राजीनामा दिन बाध्य भएको अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले बताए।
राजीनामा दिएपनि स्वास्थ्यकर्मीहरुले कोरोना संक्रमितको उपचार सेवा भने दिइरहेको मेसु उपाध्यायले जानकारी दिए। प्रमुख जिल्ला अधिकारीलाइ राजीनामा बुझाएका छौँ, उपाध्यायले भने ,‘तर राजीनामा स्वीकृत भने भएको छैन, अर्को वैकल्पिक व्यवस्था नभएसम्म स्वास्थ्यकर्मीहरुले सेवा दिइरहेका छन्।’
उनीहरुले अस्पतालका मेसु उपाध्याय र डाक्टरविरुद्ध नाराबाजी पनि गरेका थिए।