October 30, 2020, Friday
२०७७ कार्तिक १४

बेपत्ता पत्रकार बानियाँको शव मकवानपुरमा भेटियो

225

काठमाडौं-तीन दिनदेखि बेपत्ता कान्तिपुरका वरिष्ठ पत्रकार बलराम बानियाँको शव भेटिएको छ।

बानियाँ बेपत्ता भएको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी परेको थियो। त्यसपछि खोजीमा प्रहरी जुटेको थियो।

महानगरीय प्रहरी अपराध महशाखाका एसएसपी दीपक थापाका अनुसार  सोमबार राति एक शव फेला परेकाले जिल्ला अस्पताल मकवानपुरमा राखिएको छ। उक्त शव पत्रकार बानियाँको भएको एसएसपी थापाले बताए।

खोलाले बगाएको अवस्थामा प्रहरी चौकी सिस्नेरीले सोमबार बानियाँको शव निकालेको थियो।

Recent Update