June 17, 2021, Thursday
२०७८ असार ४

उपत्यकामा कोरोना बढ्दो, काठमाडौ प्रशासनको अनुगमन तिब्र

292

काठमाडौँ – उपत्यकामा कोभिड १९ को बढ्दो संक्रमण बढिरहेको अवस्थामा अत्याधिक भिडभाड हुने स्थानहरु जस्तै सपिङ्ग मल, पसल र बजार क्षेत्रमा नेपाल सरकारले तोकेको मापदण्ड पालना भए नभएको एकीन गरी मापदण्ड अनुरुप गराउनका लागि मिति २०७७/०४/२५ गतेको जिल्ला संकट व्यवस्थापन केन्द्रबाट निर्णय भए अनुसार अनुगमन समिति तोकी जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीहरुको नेतृत्वमा काठमाडौं महानगरपालिकाको महाबौद्ध, असन, इन्द्रचोक, विशालबजार, न्यूरोड क्षेत्र साथै नयाँ बानेश्वर, पुरानो बानेश्वर, मैतिदेवी क्षेत्रमा दुई वटा अनुगमन टोलीले पसल, रेष्टुरेण्ट र खुल्ला स्थानमा कोभिड-१९ को नेपाल सरकारले तोकेको स्वास्थ्य सम्वन्धी प्रोटोकलको पालना भए नभएको अनुगमन देहाय बमोजिम सम्पन्न गरियो ।

• न्यूरोड असन क्षेत्रमा सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्ट सहित सशस्त्र प्रहरी उपरिक्षक जगत डाँगा प्रशासकीय अधिकृत विष्णुराज वेल्वासे सहित जिल्ला समन्वय समिति लगायतका निकायहरुको प्रतिनिधित्व रहेको थियो ।

• ३५ जनालाई माक्स नलगाई हिडेकोमा संक्रामक रोग ऐन, २०२० बमोजिम जनही रु १००।- का दरले जरिवाना गरियो ।

• २०७ वटा पसलमा सामाजिक एवं भौतिक दुरी कायम नगरेको साथै स्यानिटाइजरको प्रयोग नभएकोले चेतावनी सहित सचेत गरिइएको ।

• सडक यात्री र सवारी चालकहरुलाई उपयुक्त तरिकाले माक्सको प्रयोग गर्न सिकाइएको । नयाँ बानेश्वर देखि मैतिदेवी क्षेत्रमा सहायक प्रमुख जिल्ला अधिकारी जिवन दुलाल प्रनाउ सप्रनि प्रशासकीय अधिकृत खड्गबहादुर श्रेष्ठ लगायतको टोलीले वजार अनुगमन गरेको थियो ।यो अनुगमन टोलीले

• २१ जनालाई माक्स नलगाई हिँडेकोमा संक्रामक रोग ऐन, २०२० बमोजिम जनही रु १००।- का दरले जरिवाना गरिएको ।

• करिब १२५ पसलहरुमा सामाजिक भौतिक दूरी कायम नगरेको साथै स्वास्थ्यको मापदण्ड नअपनाएकोले चेतावनी सहित सचेत गराइएको । बजार अनुगमनलाइ कार्ययोजना बनाई नियमित गर्ने योजना रहेको छ ।आज पहिलो दिन भएकोले जानकारी र चेतनामूलककार्यमा केन्द्रित भएको तर भोली देखी कडारुपमा पसल सिल गर्ने जरिवाना गर्ने र जेल सजाय सम्मका कानूनी व्यवस्थालाइ कार्यान्वयन गरिने छ। यस कार्यले ब्यवसायी सेवाग्राही बटुवा लगायतमा मास्को सहि प्रयोग गर्ने सम्वन्धमा जानकारी भएको ।

यदि मास्क लगाइएन भने जरिवाना सहित जेल सजाय सम्म भोग्नु पर्ने जानकारी भयो । संक्रामक ऐन २०२० ले नेपाल सरकारले तोकेको मापदण्डको पालना नभएमा जनही रु १०० देखि रु ६०० सम्म जरिवाना र ६ महिना सम्म कैद गर्न सक्ने कानुनी व्यवस्था गरेको छ ।

Recent Update