January 18, 2021, Monday
२०७७ माघ ५

मकवानपुरमा एक महिलाले जन्माइन पाँच किलोकाे बच्चा ,सायद नेपालकाे नयाँ रेकर्ड

281

सिताले जन्माएको पाँच किलो ग्रामकाे शिशु

मकवानपुरकी एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माएकी छन् । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत मकवानपुरको चुरीयामाई–९ घर भएकी ३० वर्षीया सीता लोप्चनले बुधबार पाँच किलोग्रामकी छोरी जन्माएको अस्पतालले जनाएको छ ।अस्पतालका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाका अनुसार उच्च रक्तचाप र बच्चा ठूलो भएका कारण हेटौँडा अस्पतालबाट उपचारका लागि आइतबार साँझ चितवन मेडिकल कलेज पठाइएको थियो । लोप्चनले बिहान ९ बजे छोरी जन्माएकी हुन् ।


आमा ११२ किलो भएका कारणसमेत शल्यक्रियामा समस्या आउनसक्ने भएकाले लोप्चनलाई चितवन पठाइएको उनले बताए ।भरतपुर अस्पतालका स्त्री रोग विशेषज्ञ डा रामप्रसाद सापकोटाले सामान्यतया बच्चाको तौल दुई किलो ५०० ग्रामदेखि तीन किलो ५०० ग्रामसम्म हुने बताए । सायद नेपालमै याे पहिलो घटना हुन सक्ने बताइन्छ ।हामीले यस बारेमा खाेजतलास गर्दा पाँच किलाे ग्रामकाे शिशु जन्मिकाे रेकर्ड सम्बन्धित निकायमा फेला पार्न सकिएन ।rss