January 22, 2021, Friday
२०७७ माघ ९

माछापुच्छ्रे बैंकका कर्मचारीमा कोरोना पुष्टि, जनकपुर शाखा सिल गरियो

94

काठमाडौ – माछापुछ्रे बैंक लिमिटेडका एक कर्मचारीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । कोरोना संक्रमित हुनेमा माछापुछ्रे बैंकको जनकपुर शाखामा कार्यरत एक कर्मचारी रहेका छन् । 

कोरोना संक्रमित कर्मचारीको स्वास्थ्य अवस्था सामान्य रहेको र अहिले आइसोलेसनमा रहेको बताइएको छ । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बैंकको शाखामा सिल गरिएको जनाइएको छ । 

यसअघि पनि बिभिन्न बैंकका कर्मचारीमा कोरोना संक्रमण देखि सकेको छ ।