March 1, 2021, Monday
२०७७ फाल्गुन १७

हरिवनका १३ जनामा कोरोना पुष्टि

102

सर्लाही – सर्लाहीको हरिवनमा उद्योग वाणिज्य संघका पदाधिकारी र मालापोतका एक जना कर्मचारीसमेत गरी १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

गत सोमबार हरिवन नगरपालिकाअन्तर्गत जनप्रतिनिधि, व्यापारी, सरकारी कार्यालय वित्तीय संस्थाका कर्मचारी र संचारकर्मी गरी ४ सय ११ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाएकोमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बिहीबार दिउँसोसम्म परीक्षण गरेर सकिँदा १३ जनाको पोजिटिभ रिपोर्ट आएको नगरप्रमुख गणेशप्रसाद प्रसाईले जानकारी दिए।