रुकुम पुर्बमा प्रहरीले मास्क नलगाई हिँडेकाहरूलाई माक्स बितरण सहित सम्झाउने बुझाउने गरेको छ ।बजारमा मास्क नलगाई हिड्ने बढेपछि जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वकाे अगुवाइमा मास्क वितरण तथा काेराना सम्बन्धि चेतनामूलक गतिविधिहरु संचालन गरिएको हाे ।
सचेतना जानकारी सहित मास्क समेत बितरण गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पुर्बका प्रहरी नायब निरीक्षक तिलक शाहले जानकारी दिए ।काेराेना महामारी संक्रमण बाट बच्न सबैलाई अनिवार्य मास्क प्रयाेग गर्न प्रहरीले अनुरोध गरेको छ ।