January 19, 2021, Tuesday
२०७७ माघ ७

 पछिल्लो २४ घण्टामा भारतमा थपिए ६४ हजार १४२ भन्दा बढी कोरोना संक्रमित

71

काठमाडौं– पछिल्लो २४ घण्टामा भारतमा ६४ हजार १४२ भन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  १ हजार ६ जनाको ज्यान गएको छ । भारतमा सङ्क्रमितको संख्या २४ लाख ५९ हजार नाघेको छ ।

यस्तै कोरोनाका कारण ४८ हजार १४४ जनाको ज्यान गएको छ । नयाँ बिरामी र ज्यान गुमाउनेको यो संख्या अहिलेसम्मकै धेरै हो ।

भारतमा अहिलेसम्म १७ लाख ५० हजारभन्दा धेरै निको भएका र ७ लाख ६४ हजारको उपचार भइरहेको छ ।