June 30, 2022, Thursday
२०७९ असार १७

१५ बर्ष सम्म पनि बनेन पितिवाङ खाेलामा पुल ,माेटरसाइलकलाई एक हजार शुल्क

1.2K

मुसिकोट नगरपालिका–१२ काे पितिबाङ खाेलामा पुल माटरेवल पुल नहुदा यात्रुहरुले कष्ट झेल्नुपरेको छ ।राप्ती राजमार्ग अन्तर्गत सल्यान ,मुसिकाेट सडक खण्डका अन्य ठाउँमा माेटरवेल पुल भए पनि याे खाेलामा पुल नहुदा सवारीसाधनलाई समेत समस्या हुने गर्छ ।

अहिले खाेलामा सवारीसाधन क्रस बनाउदा स्थानीयले सहयोग स्वरुप १ हजार सम्म लिने गर्छन् । खोलामा एक्लै मोटरसाइकल लैजान नसक्दा १ हजार दिएर स्थानीयवासीको सहयोगमा खोला तार्नु परेको मोटरसाइकल चालक प्रेम थापा बताउछन । खाेला बढेर ठुलो हुदा अरुकाे सहयोग चाहिन्छ ,अनि पैसा तिर्नुपर्छ उनलेे भने । थापाको जस्तै पीडा अन्य सवारी चालकहरुकाे पनि छ ।

वर्षायामको कारणले पितिबाङ खाेलाले गर्दा ५०० सयले दाङ पुगिने ठाउँमा खाेलाकाे कारण प्रन्ध सय रुपैयाँमा खर्च हुने साना सवारीसाधन चालकहरु बताउछन् । उक्त खाेलामा पुल बनाउन टेण्डर भैसकेको भएपनि काम सुरु भएको छैन । बर्षेनी याे खाेलामा यस्तै समस्या हुदा पुलको कुरा उठछ ।बर्षायाममा खोलामा पैदल हिड्ने स्थानीयलाई पनि समस्या हुने गरेको छ । सोही खोलामा मालवाहक ट्रक फस्दा यातायात सेवा सम्म ठप्प हुने गर्छ ।
खोलामा पानीको बहाव बढेसँगै यस सडकमा हिडने पैदल यात्रा समेत ठप्प हुने गर्छ । ज्यानको बाजी लगाएर खोला तार्दा धेरै पटक घाइते हुनुपरेको स्थानीय बासीको बनाइ छ ।प्रत्येक बर्ष मान्छे र सवारीसाधन खाेलाले बगाउने गर्छ । सडक सञ्चालन भएको १५ बर्ष सम्म पनि याे खाेलामा पुल निर्माण नहुदा यात्रुले सास्ती झेल्नु परेको हाे ।ठुलो पानी परेको बेला कहिलेकाही यातायात समेत अबरुद्ध हुने गरेको छ ।