January 28, 2021, Thursday
२०७७ माघ १५

सिन्धुपाल्चोक पहिरो अपडेटः पाँच जनाको उद्धार गरियो, २१ जना बेपत्ता

125

काठमाडौं – सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा पहिरोले २१ घर पुरिएको छ।

आज विहान ६ बजे गएको पहिरोले घरमा रहेका कति मानिस पुरिए भन्ने यकिन भइसकेको छैन्। ‘ठूलो मानवीय क्षति भएको हुनसक्ने आशंका छ, वडा अध्यक्ष प्रताप लामाले भने, अहिलेसम्म २१ जना पुरिए भन्ने आएको छ तर घटनास्थल नपुगि भन्न सकिने अवस्था छैन्।’

उनले खोजी र उद्दारका लागि नेपाली सेनाको हेलिकोप्टर माग गरिएको बताए । अहिलेसम्म घटनास्थलमा सेना र प्रहरी पुगेको छैन। स्थानीयले उद्धारको प्रयास गरिरहेका छन्। स्थानीयका अनुसार पाँच जनाकाे उद्धार गरिएकाे छ। 

वडाअध्यक्ष लामाले सेना र जनपद प्रहरी घटनास्थलतर्फ हिँड्दै गइरहेको जानकारी दिए। लिदीमा १ सय ७२ घर पहिरोको उच्च जोखिममा थिए।

ती ठाउँका घर पहिरोको उच्च जोखिममा रहेको भनेर आफूहरुले प्रदेश र संघ सरकारलाई यसअघि नै जानकारी गराएको अध्यक्ष लामाले बताए।