July 30, 2021, Friday
२०७८ श्रावण १५

झारफुक गर्ने बाहनामा भाउजू बलत्कार गरेको आराेपमा पक्राउ

271

सल्यानकाे शारदा नगरपालिका ८ सिमखर्कका ३८ वर्षीय शंकर ओलीलाई भाउजु नाता पर्नेलाई एक महिलालाई बलत्कार गरेको आराेपमा सल्यान प्रहरीले पक्राउ गरेको छ ।

गएको साउन २० गते राति बिरामी भाउजुलाई भगवती र आफु शिब भगवान बनाएर एक्लै झारफुक गरे सन्चो हुन्छ भन्दै बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक लक्ष्मण अाेलीले जानकारि दिएका छन ।

आँफु बिरामी भएको र देउरले आफुले फुकेपछि मात्र निको हुने भन्दै एक्लै कोठामा बसाली रातको समयमा बलात्कार गरेको पिडितकाे प्रहरीलाई उजुरी छ ।

शिवले भनेको नमाने अनिष्ट हुने भन्दै धार्मिक डरत्रास देखाई बलात्कार गरेको जाहेरीमा उल्लेख भएको प्रहरीले जनाएको छ । पिडित महिलाले बिहिबार जाहेरी दिएपछि आरोपितलाई बिहिबार नै पक्राउ गरी अनुसन्धानको लागी हिरासतमा राखिएको प्रहरी निरीक्षक अाेली जानकारी दिएका छन। ।