October 22, 2020, Thursday
२०७७ कार्तिक ७

जिल्लामै पीसिआर प्रयोगशाला तर स्वाब परिक्षण प्रदेश अस्पताल पठायो

552

कर्णाली प्रदेश सरकारले दिएको ८६ लाख २२ हजार रुपैयाँ अनुदान र ७१ लाख ६० हजार रुपैयाँ लगानी गरेर चौरजहारी नगरपालिकाले १ करोड ५८ लाख रुपैयाँको लागतमा पीसीआर प्रयोगशाला

कोरोना भाइरसको संक्रमण फैलिएको बेला जिल्लामै रहेको पीसिआर परिक्षण प्रयोगशालामा आर्थिक समस्या भएको भन्दै स्वाब परिक्षणको लागि जिल्ला बाहिर पठाउँन थालिएको छ । चौरजहारी नगरपालिका–२ स्थित जिल्ला आर्युर्वेद कार्यालयमा स्थापना गरिएको पीसीआर परिक्षण प्रयोगशालामा किट नभएको र खरिदका लागि आर्थिक संकट भएको भन्दै संकलन गरिएका स्वाब सुर्खेत पठाउन थालिएको हो ।
कोरोना संक्रमण फैलिएको भन्दै जिल्लाको सदरमुकाम खलंगामा गत २८ गतेदेखि निषेधाज्ञा जारी गरिएको छ । यस्तो बेलामा जिल्लामै भएको कोरोना परिक्षणको मेसिनबाट संकलित स्वाबहरु तत्काल जाँच हुने आशा गरेका केहि स्थानीय तहहरु निराश भएका छन् ।
चौरजहारी स्थित प्रयोगशालामा किट नै नभएको जानकारीपछि संकलन गरिएका नमुना परीक्षणमा समस्या देखिने भन्दै मुसीकोट नगरपालिका र बाँफिकोट गाउँपालिकाका स्वाब सुर्खेतस्थित प्रदेश अस्पताल पठाइएको हाे । मुसिकोट नगरपालिकाका १ सय ३१ र बाँफिकोट गाउँपालिकाका १३ जनाको स्वाब सुर्खेत पठाइएको हो ।
गत असार अन्तिम साता देखि कर्णाली प्रदेश सरकारले दिएको ८६ लाख २२ हजार रुपैयाँ अनुदान र ७१ लाख ६० हजार रुपैयाँ लगानी गरेर चौरजहारी नगरपालिकाले १ करोड ५८ लाख रुपैयाँको लागतमा पीसीआर मेसिन सञ्चालनमा ल्याएको थियो ।
मेसिन सञ्चालनमा आएदेखि अहिलेसम्म बजेटले धाने पनि अब आर्थिक समस्या सुरु भएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बताए । मेसिन संचालनको लागि केन्द्र सरकार र जिल्लाका अन्य स्थानीय तहको सहयोग नभएको उनको भनाई छ ।
चौरजहारीमा जडान गरिएको मेसिनले अहिलेसम्म जिल्लाका ६ स्थानीय तहसहित सल्यान र जाजरकोटका झण्डै २ हजार ३ सय स्वाब परीक्षण गरेको छ । दैनिक ३ लाख रुपैयाँ खर्च भइरहेकाले आर्थिक समस्या बढेको केसीको भनाई छ । उक्त ल्याबमा जिल्लाका स्थानीय तहले ल्याब टेक्निसियन तथा असिस्टेन्ट पठाउने भने पनि कसैले नपठाएको र कसैले बहाना बनाएर फर्काएको अधिकृत केसीले जनाए ।

Recent Update