सल्यानमा नेपाली सेनाले रगत दिएर एक महिलाको ज्यान बचाएकाे छ । शारदा न.पा.५, मार्के बस्ने बर्ष २९ की गर्भवती महिला निर्मला रोकायलाई रगत दिएर सेनाले उनको उपचारलाई सजिलो बनाइदिएको हाे ।राेकायलाई घरायसी कार्य गर्ने क्रममा लडि घाइते भई जिल्ला अस्पताल खलंगामा उपचारको लागी लगिएकोमा उच्च रक्तश्राप भई पेटमा रहेको बच्चा गुमाउदा शरिरमा रगतको कमि भएर स्वास्थ अत्यन्तै जाेखिम अवस्थामा पुगेको थियोे ।उनको ज्यान बचाउन AB+VE (पोजेटिभ) सबुज गणका ब्य.नं.२३३७९४ अम.माधव के.सी.ले १(एक) पौण्ड रगत दिएर उपचारमा सहज बनाइदिएका थिए ।
सबुज गण सल्यानमा तैनाथ रहे देखि नै जिल्ला अस्पताल तथा नयाँ अन्य अस्पतालहरुमा विभिन्न आवश्यक परेको बेला सेनाले रक्तदान गर्दै आएको छ । संकटको बेला नागरिकको सहजताका लागि नेपाली सेनाले सक्ने सहयोग गर्ने गणपति कञ्चन बस्नेतले बताए ।केही दिन अगाडि पनि सेनाका जवानले रगत दिएर सल्यानमा एक नागरिकको ज्यान बचाएका थिए ।