May 15, 2021, Saturday
२०७८ जेष्ठ २

महोत्तरीमा बोल्न नसक्ने महिलामाथि सामुहिक बलात्कार

140

महोत्तरी – महोत्तरीमा बोल्न नसक्ने एक महिलामाथि सामुहिक बलात्कार भएको छ।

घटनालाई मिलाउन स्थानीयदेखि केन्द्रीय नेताहरू समेत लागिपरेका छन् । गत साउन १० गते महोत्तरीको रामगोपालपुर नगरपालिका-५ की एक ३५ वर्षीय बोल्न नसक्ने महिलामाथि स्थानीय दुईजना युवाले बलात्कार गरेका थिए। तर घटना भएको दुईसाता बित्दा समेत प्रहरी प्रशासनले बलात्कारका आरोपीहरूलाई पक्राउ गरेको छैन।

बलात्कारमा संलग्न र निजका आफन्तहरूले पैसा र राजनीतिक शक्ति दुरुपयोग गरी घटना मिलाउन खोजेको स्थानीयले आरोप लगाएका छन्। ​इलाका प्रहरी कार्यालय रामगोपालपुरबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न युवकहरूको कपडा र मोबाइल बरामद गरेको छ।

स्थानीय २६ वर्षीय जितु मण्डल र २६ वर्षकै स्थानीय खुर्के मुखियाले बलात्कार गरेको प्रहरी कार्यालय रामगोपालपुरले जानकारी दिएको छ। गएको साउन १० गते राति करिब ९ बजे घर नजिक चौरमा शौच गर्न गएकी ती महिलालाई दुईजना युवकले रुमालले मुख बाँधेर उखुबारीमा लगि बलात्कार गरेको पीडितको संकेतिक भनाई रहेको छ।

बलात्कार गर्ने क्रममा महिला चिच्याएपछि स्थानीयले थाहा पाएका थिए। महिला अचेत अवस्थामा फेला परेकी र दुवै युवक मोबाइल र कपडा छाडी भागेका थिए।