May 16, 2021, Sunday
२०७८ जेष्ठ ३

काेराेना बिरुद्धकाे खाेप प्रति महिना ५० लाख डाेज तयार पार्ने रुसको दावी

207

रुसले आफ्नो देशमा बन्दै गरेको कोरोना भाइरस विरुद्धको खोपको पहिलो खेप तयार भएको जनाएको छ । यो खोप यसै महिनाको अन्त्यसम्म बजारमा जाने रुसको स्वास्थ्य मन्त्रालयले जनाएको छ । शनिबार खोप उत्पादन सुरु भइसकेको बताएको रुसले त्यसको केही समयमै खोपको पहिलो खेप तयार भएको बताएको हो । 
यद्यपी खोपलाई भर्खरै तेस्रो चरणको परीक्षणका लागि स्वीकृति दिइएको छ । यस चरणमा हजारौं मानिसमा परीक्षण गरिने भएकाले खोप उत्पादनको लागि यो चरणलाई महत्वपूर्ण मान्ने गरिएको छ । रुसले खोपलाई ‘स्पुतनिक ५’ नाम दिइएको छ । 
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यो खोप सुरक्षित रहेको दाबी  गरेका छन ।  उनले खोप आफ्नी छोरीलाई दिइएको र खोप लगाएपछि सञ्चो भएको बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रुसी समाचार संस्था इन्टरफ्याक्सका अनुसार यो खोप  विकास गर्ने गामेलिया इन्स्टिच्युटले आउँदो डिसेम्बर-जनवरीसम्म प्रति महिना ५० लाख डोज खोप उत्पादन गर्न सक्ने दाबी गरेको छ ।