February 25, 2021, Thursday
२०७७ फाल्गुन १३

दक्षिण काेरियामा फेरि काेराेना महामारी सुरु ,पछिल्लो २४ घण्टामा २ सय ७९ संक्रमित

156

काेराेना संक्रमण नियन्त्रण रणनीतिमा विश्वमै चर्चा पाएकाे दक्षिण काेरियामा फेरि काेराेना संक्रमण ह्वात्तै बढेको छ ।पछिल्लो २४ घण्टाकाे रेकर्डमा २ सय ७९ जनामा काेराेना संक्रमण पुष्टि भएको हाे ।यो सँगै दक्षिण कोरियामा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या १५ हजार ३८१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमितहुने हरुकाे संख्या
दक्षिण कोरियामा मार्च महिना पछिकै सबैभन्दा धेरै भएको अधिकारीहरुले जनाएका छन । कोरियाली रोग नियन्त्रण केन्द्रले आइतबार सार्वजनिक गरेको विवरण अनुसार दक्षिण कोरियामा कोरोनाका कारण अहिलेसम्म ३०५ जनाको मृत्यु भएको छ । गत मार्च ८ मा एकैदिनमा सबैभन्दा धेरै ३ सय ६७ जना सङ्क्रमित भएका थिए । कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको सङ्ख्या बढेकाले दक्षिण कोरियामा उच्च स्वास्थ्य सतर्कता अपनाइएको छ भने कतिपय प्रतिबन्धात्मक व्यवस्था लागु गरिएको छ ।थप प्रतिबन्धहरु लगाउन सक्ने त्यहाँको सरकारले संकेत गरेको छ ।