April 11, 2021, Sunday
२०७७ चैत्र २९

याे तीजमा नआउ है दिदी

427

तिमी आए मेरी दिदी तीजमा खान हुन्थ्याे दर
लिन पनि आउ कि नआऊ ? काेराेनाकाे डर
बसमा पनि घुँईचाे हुन्छ बस चढेर नआए
ट्याक्सी खाेला तर्दैन, छैन अरु उपाए।

करेलि पनि मन पराउँथेउ नगर है सानाे मन
भिनाजु र सानू छाेरि कुरा बुझ्ने छन् ।
पल्लाे घरकाे भाउजू भन्छिन् माइत जान्न भनेर
घरमै तीज मनाउने रे सचेत बनेर।

बस्ती – बस्ती काेराेना सलह छ बालीमा
माइती घरमा तीज मनाउली अर्काे पालीमा
ममिले नि भनेकी छन् बरु फाेनमै बाेल्नी हाे।
बाबाले भन्छन् बेर्थै जाेखिम किन माेल्नि हाे।

सबै कुराे गीतमा लेखेँ तिमी बुझ्ने छाैर पाे
काेराेनाकाे खबर सुन्याै हेटाैडा बजारकाे ?
लाै त दिदी बाँँकी बात माेबाईलमै मार्नी हाे।
फलानाकी छाेरी ज्ञानी भन्ने पार्नी हाे ।

रचना : सृजना अधिकारी हेटाैडा बजार