October 21, 2020, Wednesday
२०७७ कार्तिक ५

वरिष्ठ परम्परागत कलाकार चित्रकारको निधन 

246

वरिष्ठ परम्परागत कलाकार प्रेममान चित्रकारको आइतबार बिहान निधन भएको छ ।चित्रकारको ७८ वर्षको उमेरमा कलंकीमा रहेकाे नेशनल हस्पिटलमा उपचारका क्रममा निधन भएको हाे । पुर्ख्यौली रुपमा पौभाकला विधाका सिद्धहस्त कलाकारका रुपमा परिचित चित्रकार लामो समयदेखि श्वासप्रश्वास सम्बन्धी रोगबाट ग्रसित थिए ।
नेपाल परम्परागत कलाकार संघका आजीवन अध्यक्ष उनि इन्द्रराज्य लक्ष्मी पुरस्कार, अरनिको सम्मान पुरस्कारलगायतबाट पनि पुरस्कृत थिए ।

Recent Update