February 24, 2021, Wednesday
२०७७ फाल्गुन १३

आयल निगमले इन्धनको मूल्य फेरि बढायो 

139

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसारआइतबार राति १२ बजेबाट लागू हुने गरी डिजेल, पेट्रोल र मटीतेलको मूल्य प्रतिलिटर एक रुपैयाँ बढेको हो।

भारतीय आयल कर्पोरेसनले अगस्ट १६ मा भारतीय आयल कर्पोरेसनमा पठाएको मूल्य सूचीका आधारमा इन्धनको मूल्य बढेको प्रवक्ता उपाध्यायले जानकारी दिए। अब पेट्रोल १०५, डिजेल र मट्टीतेल ९१ रुपैयाँ प्रतिलिटर पुगेको छ। हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत नै रहेको निगमले जनाएको छ ।

Recent Update