April 12, 2021, Monday
२०७७ चैत्र ३१

सल्यानमा मास्क नलगाउने एक हजार पाँच सय बढि कार्वाहीमा

164

मास्क नलगाई बाहिर हिड्ने १ हजार ५ सय बढी नागरिकलाई जिल्ला प्रहरी कार्यालय सल्यानले कारवाही गरेको छ । मानिसको चहलपहल बढ्न थालेपछि संक्रमणको जोखिम बढ्ने भन्दै प्रशासनले मास्क अनिवार्य गरेको छ । मास्क लगाउन गरिएको अनुरोधलाई अवेज्ञा गर्ने १ हजार ५ सय ९२ जनालाई कार्वाही गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक लक्ष्मण अाेलीले जानकारी दिए। प्रशासनले मास्क नलगाई हिड्नेलाई १ सय रुपैयाँ जरिवाना गर्दै आएको छ । गत असार २७ गतेदेखि हालसम्म मास्क नलगाई बाहिर निस्किएकाहरुको जरिवानाबाट १ लाख ५९ हजार २ सय रुपैयाँ राजस्व संकलन भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

कोरोना भाइरसको जोखिम बढ्दै गएको अवस्थामा आवश्यक साबधानी अपनाउँदै यसको रोकथाम र नियन्त्रणमा सहयोग पुर्याउन अनिवार्य रुपमा मास्क लगाउनु पर्ने व्यवस्था गरिएपनि मास्क नलगाएर हिड्नेलाई कारवाही गरिएको प्रहरीको भनाई छ ।