March 1, 2021, Monday
२०७७ फाल्गुन १७

नयाँ बन्ने मन्त्री मण्डलमा जनार्दन शर्मा प्रभाकर गृहमन्त्री बन्दै

1.4K

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ मन्त्रीमण्डल गठन गर्ने निश्चित भए सँगै काे,काे मन्त्री हटने र काे,काे नयाँ मन्त्री बन्ने चासोको बिषय बनेको छ ।केही हप्ता सतहमा पुगेको नेकपा विवाद विस्तारै सहमतिमा पुगे सँगै सरकार पुनर्गठनमा पनि सहजता हुने देखिन्छ ।आइतबार बसेकाे (नेकपा) को सचिवालय बैठकले पार्टीभित्र देखिएको विवाद समाधानका लागि गठन गरिएको कार्य दललाई अनुमोदन गरेपछि झन पाटीका बाँकि काम सहज रुपमा सम्पादन गर्न बाटो खुला भएको छ ।

अब नेकपामा कसलाई हटाउने र कसैलाई मन्त्री बनाउने सकस बन्न सक्छ ।स्रोेतका अनुसार २ वर्ष मन्त्री भैसकेका र राम्रो कार्य क्षमता देखाउन नसकेका झण्डै सातदेखि १० जना मन्त्री परिवर्तन हुने सम्भावना छ ।तिनका स्थानमा भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, पम्फा भुषाल, देवेन्द्र पौडेल लगायतलाई मौका दिने गरी ओली प्रचण्डबीच लगभग सहमति भएको बुझिएको छ ।  हट्ने लिस्टमा गृहमन्त्री राम बहादुर थापा बादल समेत छन ।

यस्तै थापाको ठाउँमा गृहमन्त्री नेकपा का स्थायी समिति सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ काे सम्भावना बढि रहेको छ ।उनी यस अगाडि पनि गृहमन्त्रीकाे अनुभव गरिसकेका व्यक्ति हुन ।उनलाई गृहमन्त्री बनाउने कुरामा प्रधानमन्त्री ओली र प्रचण्ड पनि सहमत भएको स्रोतको दावी छ ।यस अगाडि उर्जा ,शान्ति र गृहमन्त्री भैसकेका शर्मा नेकपा विवाद समाधानकाे लागि गठित कार्यदलको सदस्य समेत छन ।

यस्तै नेकपा नेताहरुका अनुसार हालका मन्त्री प्रदीप ज्ञवाली, योगेश भट्टराई, घनश्याम भुषाल भने फेरवदलका क्रममा नहट्ने सुचिमा छन । त्यस्तै नेकपाका प्रवक्ता समेत रहेका नारायणकाजी श्रेष्ठले उपप्रधानमन्त्री सहित कुनै एक महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाउने सम्भावना रहेको छ । तर श्रेष्ठ सरकारमा गए यसअघि उनको कोटाबाट मन्त्री बनेका गिरीराजमणि पोखरेल सरकारबाट बाहिरिनुपर्नेछ । प्याकेजमै सहमति गर्दा बामदेव गौतमको व्यवस्थापनका विषयमा समेत कार्यदलले केही प्रस्ताव तयार गर्ने बुझिएको छ ।