July 28, 2021, Wednesday
२०७८ श्रावण १३

ट्राफिक प्रहरी ,लकडाउन र हाम्रो दायित्व

381

लक्ष्मण बिश्वकर्मा

लकडाउन भएकोले आम नागरिक घरभित्रै छन्। तर, ट्राफिक प्रहरी भने लकडाउनलाई सफल बनाउन सडकमा खटिएका छन्। लाखौं सवारी व्यवस्थापनको जिम्मेवारी ट्राफिक प्रहरीको काँधमा छ । लकडाउनको समयमा सरकारले ल्याएको लकडाउन सवारी नीति कार्यान्वयनको मुख्य जिम्मेवारी पनि ट्राफिककै काँधमा छ ।
२४ सै घण्टा सडकमा खटिने ट्राफिक प्रहरीलाई कोरोनाको भन्दा पनि नागरिकलाई कसरी सुरक्षित राख्ने भन्ने चिन्ता छ।तर नागरिकले पनि उत्तिकै जिम्मेवारी र दायित्व सम्झन आवश्यक छ । सर्वसाधारणको चिन्तालाई आत्मसाथ गर्दै हरेक क्षण -क्षण सडकमै रहेर आफुले पाएको जिम्मेवारी ईमानदारीका साथ निभाउदै देशभर ट्राफिक प्रहरी जतिबेला पनि खटिरहेकाे छ । नेपाल सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरणका तथा नागरिकको सुरक्षा लागि गर्दै आएको जोर विजोर प्रणालीलाई ट्राफिक प्रहरीले विशेष कडाई गरेको छ ।याे कडाइ ,याे चेकजाँच सबै नागरिककै हितको लागि हाे ।
नेपाल सरकारले लागु गरेको लकडाउनकाे पुर्ण रुपमा पालना गराउदै सडकमा निस्केका सार्वजनिक सवारी साधनकाे चेकजाँचमा कडाइ गर्दै सार्बजनिक यातायातमा सामाजिक दुरी कायम माक्स, सेनिटाईजरको भरिपुर्ण प्रयोग भए नभएको निरिक्षण पनि हाम्रो जिम्मेवारीमा छ ।
नेपाल सरकारबाट भएका निर्णयहरू पूर्ण रूपमा पालन गर्न, अनिवार्य मास्कको प्रयोग गर्न, भिडभाड नगर्न, अत्यावश्यक सेवा र कामबाहेक सवारी साधन नचलाउन र सर्बसाधारणलाई घरबाट ननिस्कन समेत ट्राफिक प्रहरीले सम्पुर्ण आम नागरिकलाई आग्रह गर्दै आएको छ ।याे आग्रह हामी सबै नागरिकले इमानदारीपूर्वक पालना गराै ।

लेखक लक्ष्मण बिश्वकर्मा जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पश्चिममा कार्यालय प्रमुख तथा प्रहरी सहायक निरीक्षक हुन ।