सल्यानको दार्मा गाउँपालिकाले खाद्य संकट हुन नदिन श्रममा आधारित खाद्यन्न कार्यक्रम संचालन गरेको छ । गाउँपालिकाले उक्त कार्यक्रम अन्तर्गत काम गर्ने श्रमिकलाइ काम संगै खाद्यन्न वितरण गर्दै आएको छ ।
गाउँपालिकाले पहिलो चरणमा काम सम्पन्न गरिसकेका १ सय ६५ विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ । दोस्रो चरणमा १०१ जना विपन्न परिवारहरु काममा परिचालन भएका छन । सरकारी सुविधा नपाएका अतिविपन्न परिवारका काम गर्न जनशक्ति भएका परिवारका उनिहरूलाइ गाउँसरकारको मापदण्डअनुसार विभिन्न सडक २ दिन ढुंगा भर्ने र ३ दिन जाली भर्ने काम दिइएको गाउँपालिका अध्यक्ष नीम बहादुर केसीले जानकारी दिए ।
वडाले सिफारिस गरेकालाइ व्यक्तिलाइ श्रममा लगाइ प्रति परिवार ५० केजी चामल, २ केजीदाल र १ केजी नुन प्रदान गरिएको हो । घरमा काम गर्न सक्ने व्यक्ति नभएका अति विपन्न २१३ लाइ यस अघि नै गाउँपालिकाले निःशुल्क खाद्यान्न वितरण गरेको दार्मा गाउँपालिका अध्यक्ष केसि जानकारी दिएका छन ।।