January 28, 2021, Thursday
२०७७ माघ १५

मौसम: चार प्रदेशमा वर्षा

81

काठमाडौँ–  नेपालका विभिन्न ४ वटा प्रदेशमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले बागमती प्रदेश, प्रदेश ५, गण्डकी प्रदेश र कर्णाली प्रदेशका आसपासका क्षेत्रमा वर्षा भइरहेको छ ।

आज दिउँसो पनि सामान्य बदली रही केही स्थानहरूमा वर्षा हुने सम्भावना छ । आज राति देशका धेरैजसो स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नम्बर ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरु तथा प्रदेश नम्बर १ र बागमती प्रदेशका एकाध ठाउँमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।