October 20, 2020, Tuesday
२०७७ कार्तिक ५

धुलिखेलमा कोरोनाबाट एक वृद्धको मृत्यु

210

काठमाडौं – कोरोना संक्रमणका कारण काभ्रेको धुलिखेल अस्पतालमा आज विहान एक वृद्धको मृत्यु भएको छ। 

धुलिखेलका ९८ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमल्सिनाले जानकारी दिए। 

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनमा साउन २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

उनी मधुमेह र दमका रोगी रहेको अस्पतालले जनाएको छ ।  

Recent Update