कास्की- आज रातिदेखि लागू हुनेगरी कास्कीमा निषेधाज्ञा जारी गरिएको छ।
आज राति १२ बजेदेखि यही भदौ ७ गते राति १२ बजेसम्मका लागी कास्की जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय कास्कीले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
कार्यालयका अनुसार आज बिहान बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले पोखरा सहित कास्की जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
पोखरामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सम्भावित जोखिमलाई न्यूनीकरण गर्नका लागि पोखरा भदौ ७ गते राति १२ बजे सम्मका लागी निषेधाज्ञा जारी भएको महानगरले जनाएको छ ।