January 18, 2021, Monday
२०७७ माघ ५

राष्ट्रिय झण्डा जलाउदै बाहुन क्षेत्रीलाई गाली गर्ने देशद्राेही गितलाई कार्वाहीकाे माग

213

नेपालको राष्ट्रियता एवंं जातीय सद्भावविरुद्ध घृणा फैलाउने गरी आपत्तिजनक शब्दहरुले भरिएको एउटा गीत युट्युवमा आएलगत्तै आलोचित बनेको छ । यो गीतलाई प्रतिबन्धित गरी यसमा संलग्न व्यक्तिहरुलाई कारबाही गर्न सामाजिक सञ्जाल प्रयोगकर्ताले माग गरेका छन् ।

‘देशद्रोही’ शीर्षकको उक्त गीत ‘मंगोल हप अफिसियल’ नामक च्यानलबाट सोमबार अपलोड भएको हो । गीतका शब्दहरु यहाँ उल्लेख गर्न लायक पनि छैनन् । म्युजिक भिडियोमा नेपालको झण्डा जलाइएको दृश्य समावेश गरिएको छ ।र्‍याप जनरामा गाइएको गीतको लिरिक्स र्‍यापरका रुपमा मंगोल ग्याल्ज ली एन्ड एटीएम उल्लेख छ ।


भिडियो युट्युवमा हालेलगत्तै यसमा तीव्र प्रतिक्रिया आउन थालेका थिए । सबैले यस गीतमाथि तत्काल एक्सन लिन प्रहरीलाई आग्रह गरेका छन् ।मकवानपुर जिल्लाको बाग्मती गाउँपालिकास्थित श्री विष्णु आधारभूत विद्यालयको प्रांगणमा गीतको सुटिङ गरिएको बुझिएको छ । यस आपत्तिजनक देशद्राेहि गितमा राज्यलेे चासाे लिन्छ लिदैन हेर्न बाँकी छ ।